arrow

अन्तर्राष्ट्रिय अदालतमा गौर हत्याकाण्डको मुद्दा हाल्ने प्रभु साहको चेतावनी [भिडियो]

कुर्सीको शासन भन्ने कि कानुनको शासन भन्ने ?

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ११ सोमबार
prabhu-saha-2080.jpg

काठमाडौं ।  आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गौर हत्याकाण्डको मुद्दा अन्तर्राष्ट्रिय अदालत हेगमा गएर हाल्ने चेतावनी दिएका छन् ।  सोमवार पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले गौर हत्याकाण्ड भएको १७ वर्ष बितिसक्दा पनि पीडितले न्याय नपाएका भन्दै न्यायको लागि अन्तर्राष्ट्रिय अदालत हेगमा जाने चेतावनी दिएका हुन् । 

उनले १७ वर्ष अगाडी नै मुद्दा दर्ता भएको भए पनि प्रक्रिया अगाडी नबढेको भन्दै पीडितले नेपालमा न्याय नपाएमा हेग जाने अवस्था आउने बताए । उनले सरकारले आफ्नो कुर्सी हल्लिने भएपछि गौर हत्याकाण्डको विषयमा छानबिन नगरेको बताए । उनले सरकारले कानूनी शासनको खिल्ली उडाउने काम गरेको बताए । उनले सरकारले सत्ता जोगाउनका लागि गौर हत्याकाण्डको छानबिन नगर्ने हो भने पीडितहरू चुप नलाग्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ