arrow

पाँचतले भवनमा आगो लाग्दा ५२ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १४ बिहिबार
fire-final.jpeg

काठमाडौं ।  दक्षिण अफ्रिकाको जोहानेसवर्गस्थित एक भवनमा आगो लाग्दा ५२ जनाको मृत्यु भएको छ भने अन्य ४० जनाभन्दा बढी घाइते भएका छन् ।

दक्षिण अफ्रिकाको आपत्कालीन सेवाका प्रवक्ता रोवर्ट मुलाजीका अनुसार हालसम्म ५२ जनाको शव फेला परेको तथा ४३ जना सामान्य घाइते भएका छन् । 

पाँचतले आवासीय भवनमा बिहीबार बिहान आगो लागेको जानकारी दिँदै उनले खोज तथा उद्धार जारी रहेको बताएका छन् । प्रवक्ता मुलाजीले मृतकको मृतकको सङ्ख्या बढ्न सक्ने बताएका छन् । घटनाको विस्तृत विवरण प्राप्त हुन बाँकी छ । 

आगो निभाउने प्रयासमा दमकलका कर्मचारी प्रत्येक तलामा परिचालन भएका छन् । घाइतेलाई अस्पताल पुर्‍याइएको छ । आगलागीको कारण भने खुलेको छैन । 

केही समय अघिसम्म शहरको प्रमुख आर्थिक एवं व्यापारिक केन्द्रमा रहेको उक्त भवनमा घरबारविहीन स्थानीय जबरजस्ती बसेका बताइएको छ । आफ्ना सरसामान जोगाउने प्रयासमा केहीले ज्यान नै गुमाएका जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ