- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) ले नेपालसँग सोध्दै नसोधी चुच्चे नक्सा हटाएर बुच्चे कायम गरेर भारतमा देखाएको भन्दै चीनप्रति आक्रोश पोखेका छन् ।
उनले सामाजिक सञ्जालमा नेपाली भूभागलाई भारतको देखाउनु आफूहरुको संवेदनशीलतामिाथ चालेको गलत कदम भन्दै विरोध गरेका हुन् ।
विरोध स्वरुप उनले चीनको निमन्त्रणामा हुँदै गरेको चीन भ्रमणमा नजाने निर्णयसमेत गरेको जनाएका छन् । उनले चीनको निमन्त्रणामा आज हुँदै गरेको पाँच दिने भ्रमण नैतिकताको आधारमा स्थगित गरेको पनि जनाएका छन् ।
उनले यसो लेखेका छन् सामाजिक संजालमा–
‘हामी नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौँ । केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेको छ । नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौँ । त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुँदै गरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु ।