arrow

चीनले चुच्चे नक्सा हटाएको विरोधमा दूतावासमा नेविसंघको प्रदर्शन

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १४ बिहिबार
nsu-chinese-embassador.jpg

काठमाडौँ । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले  चिनियाँ दूतावासमा प्रदर्शन गरेको छ । चीनले सोमबार जारी गरेको नयाँ नक्सामा नेपालको नक्साको चुच्चे भाग हटाएर भारतमा गाभेको भन्दै नेवीसंघले विरोध प्रदर्शन गरेको हो ।

नेपालको नयाँ नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटिएको छ । तर चीनले आफ्नो नयाँ नक्सामा उक्त भूभागलाई भारतकै भागमा पारेको छ । 

नेवीसंघले विरोध प्रदर्शन गर्नुअघि दूतावासलाई कूटनीतिक नोट उपलब्ध गराएको थियो । तर त्यसको जवाफ नपाएपछि नक्सा संशोधन गर्न दबाब दिन प्रदर्शन गर्नुपरेको नेवीसंघले जनाएको छ । 

सो क्रममा प्रहरीले विद्यार्थीहरुमाथि धरपकड गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ