arrow

पहिरोले गोरखा-आँबुखैरेनी सडक अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १५ शुक्रबार
gorkha-aabukhaireni.JPG

गोरखा । पहिरोले गोरखा-आँबखैरेनी सडकखण्ड अवरुद्ध भएको छ । गोरखा नगरपालिका-१४ को मझुवा देउरालीस्थित प्रहरी चौकी नजिकैको उकालोमा आज बिहान सुक्खा पहिरो खसेको हो । 

पहिरो खसेपछि यातायात सेवा पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिए । 

सुक्खा पहिरो पन्छाउन समय लाग्ने उनले बताए । अहिले आँबुखैरेनीबाट गोरखा आउने तर्फबाट पहिरो पन्छाउने काम सुरु भएको छ ।

गोरखातर्फबाट पनि पहिरो पन्छाउने प्रयास भइरहेको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए । पहिरोका कारण गोरखा सदरमुकाम प्रवेश गर्ने सबै सवारीसाधन बाटोमै थन्किएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ