arrow

सर्वोच्चमा कोशी सरकार विरुद्धको मुद्दाको सुनुवाइ हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १५ शुक्रबार
supreme-court-सर्वोच्च अदालत.jpg

काठमाडौं ।  कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको ‘विश्वासको मत’विरुद्ध नेकपा एमालेले दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा आज अन्तिम सुनुवाइ हुँदैछ ।

 प्रदेश सभा बैठकको अध्यक्षता गरेका सदस्यले समेत मुख्यमन्त्रीलाई विश्वासको मत दिएको भन्दै एमालेले सत्तापक्षले संविधान विपरीत काम गरेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । 

उक्त रिटमाथि शुक्रवार पूर्ण सुनुवाइ गर्ने गरी यसअघि नै पेसी तोकी सकिएको छ । रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कोशी सरकारले विश्वासको मत लिँदा प्रक्रिया मिलेको नदेखिएको भन्दै दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ