arrow

बङ्गालको खाडी प्रभाव, लगातार पर्दैन पानी

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १७ आइतबार
weather-evergreen-rain.jpg

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित रहेको बङ्गालको खाडीको उत्तर-पूर्वी भागमा विकसित न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

 केही दिन कम भएर काठमाडौँ उपत्यकालगायत केही ठाउँमा वर्षा भए पनि लगातारको वर्षा भने नभएको विभागले जनाएको छ ।

वरिष्ठ मौसमविद् वरुण पौडेलले केही ठाउँमा वर्षा भए पनि लगातारको वर्षा भने नहुने जानकारी दिए । उनका अनुसार अहिले गण्डकी प्रदेशलगायत केही ठाउँमा वर्षा भइरहेको छ । 

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने र कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान साथै बाँकी भूभागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । 

भोलि पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान साथै बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

मंगलबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू साथै बाँकी भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन् चट्याङ सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ