- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको ‘विश्वासको मत’विरुद्ध नेकपा एमालेले दायर गरेको रिटमा सर्वोच्च अदालतले आज अन्तिम सुनुवाइ गर्दैछ ।
प्रदेश सभा बैठकको अध्यक्षता गरेका सदस्यले समेत मुख्यमन्त्रीलाई विश्वासको मत दिएको भन्दै एमालेले सत्तापक्षले संविधान विपरीत काम गरेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको थियो ।
उक्त रिटमाथि शुक्रवार पूर्ण सुनुवाइ गर्ने गरी पेशी तोकिए पनि न्यायाधीशले मुद्दा हेर्न नमानेपछि आजलाई सारिएको थियो ।