arrow

सरस्वतीनगर छाप्रो दुर्घटनामा दुई जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १७ आइतबार
chapro-accident.JPG

काठमाडौँ। काठमाडौँको सरस्वतीनगर छाप्रो सवारी दुर्घटनामा परी घाइते भएका १४ जनामध्ये दुईजनाको मृत्यु भएको छ । जडीबुटीदेखि पेप्सीकोलातर्फ जाँदै गरेको क्षेत्रीय उपत्यका बस व्यवसायी सङ्घको बा ३ ख ४८४८ नम्बरको बस र विपरीत दिशाबाट आएको बा ६ च ५३४२ नम्बरको बलेरो गाडी आज बिहान ७:३० बजे ठोकिँदा दुर्घटना भएको थियो ।

दुई गाडी ठोकिँदा बागमती प्रदेश ०२-०३७ प ५३११ नम्बरको डिओ स्कुटर र बागमती प्रदेश ०२-०४१ प ४८३८ नम्बरको एफजेड मोटरसाइकलसमेत दुर्घटनामा परेका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले दुर्घटनामा घाइते भएकामध्ये दुई जनाको अस्पतालमा मृत्यु भएको जानकारी दिए । 

मृत्यु हुनेमा मोटरसाइकल चालक सर्लाहीका २१ वर्षीय राज भट्टराई र सशस्त्र प्रहरी बल सिनामङ्गलमा कार्यरत २५ वर्षीय उषा थापा रहेका छन् । दुर्घटनामा सङ्लग्न बस चालक रामेछापका २४ वर्षीय जनक राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ