arrow

खाद्यान्न सम्झौता वार्ताका लागि पुटिन तयार

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १९ मंगलबार
putin-kazakhstan-2022.jpeg

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले खाद्यान्न सम्झौता वार्ताका लागि रुस तयार रहेको बताएका छन् । टर्कीएका आफ्ना समकक्षी रिसेप तैयप एर्दोगानलाई सोचीमा भेटपछि उनका साथ टेलिभिजन टिप्पणीमा उनले वार्ताका निम्ति आफू खुला रहेको बताएका छन् । 

युक्रेनको प्रमुख अन्न निर्यात बन्दरगाहमा आक्रमण गरेको केही घण्टापछि ऐतिहासिक ‘ब्ल्याक सी’ अन्न निर्यात सम्झौता पुन:स्थापना वार्ता गर्न रुस खुला रहेको राष्ट्रपति पुटिनले बताउनु सकारात्मक भएको टर्कीएका राष्ट्रपतिले बताएका छन् । उनले खाद्यान्न आपूर्ति पुन: सञ्चालन गर्न आफूसँग नयाँ प्रस्ताव रहेको बताएका छन् । संयुक्त राष्ट्रसङ्घसँगको परामर्शमा उक्त प्रस्ताव तयार पारिएको उनले बताएका छन् । 

संयुक्त राष्ट्रसङ्घ र टर्कीको मध्यस्थतामा भएको खाद्यान्न निर्यात सम्झौताको म्याद स्वत: समाप्त भएको रुसले एकतर्फी गत महिना घोषणा गरेपछि त्यसलाई विश्वव्यापी खाद्य सुरक्षालाई कमजोर पार्ने प्रयास भन्दै अन्तरराष्ट्रिय जगत्ले रुसको निन्दा गरेको थियो । रुसी राष्ट्रपतिले आफ्नो देशका कृषि उत्पादनमाथि लगाइएका सम्पूर्ण प्रतिबन्ध हटाउनुपर्ने माग गरेका छन् । 

मस्कोले युक्रेनका बन्दरगाह पूर्वाधारमा बारम्बार हमला पनि गर्दै आएको छ । सोमबार रूसी ड्रोन आक्रमणले ड्यानुब नदीमा रहेका अन्न निर्यात केन्द्रका गोदाम र कृषि उपकरणमा क्षति पुगेको युक्रेनी अधिकरीले बताएका छन् । 

यसैबीच, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसको आक्रमणको सामना गर्न ‘नयाँ दृष्टिकोण’ को आह्वान गरेपछि युक्रेनका रक्षामन्त्री ओलेक्सी रेज्निकोभलेसंसद्मा आफ्नो राजीनामा बुझाएको घोषणा गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ