arrow

भारतले नेपालबाट लिने दश हजार मेगावाट विद्युत समझदारी भारतीय मन्त्रिपरिषदबाट स्वीकृत

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १९ मंगलबार
prachanda-modi-2080-02-18g.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । भारतले नेपालबाट लिने भनिएको दश हजार मेगावाट विद्युत व्यापार सम्बन्धी समझदारी पत्रलाई स्वीकृत गरेको छ । गत साता भारतको मन्त्रिपरिषद्ले नेपालसँगको दीर्घकालीन विद्युत् व्यापारको विषयलाई अनुमोदन गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गत जेठमा भारत भ्रमणमा गएका बेला विद्युत् व्यापार सम्बन्धी दुई पक्षीय सहमति भएको थियो । यसलाई भारतको मन्त्रिपरिषदले गत सातामात्र अनुमोदन गरेको हो । 

यो सम्झौता मन्त्रिपरिषदबाट अनुमोदन भएसँगै सम्झौताको रुप धारण गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नै प्रचण्डको भ्रमणका क्रममा छलफलपछि आफैँले संयुक्त मन्तब्यमा भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत् किन्ने घोषणा गरेका थिए ।

भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएको भए पनि मन्त्रिपरिषद् बैठकको निर्णय भने अझै प्रेस इन्फर्मेसन ब्युरोको वेबसाइटमा आइसकेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ