arrow

मोरक्कोको  भूकम्पमा दुई हजारभन्दा बढीको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २४ आइतबार
morocco-earthquake-2023-09-09b.jpg

काठमाडौं ।  मोरक्कोमा शुक्रबार राति गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दुई हजार १२ पुगेको सीएनएनले जनाएको छ । 

भूकम्पमा परी कम्तीमा दुई हजार ५९ जना घाइते भएका छन् । । 

मोरक्कोको स्थानीय समयअनुसार शुक्रबार राति ११ बजेर ११ मिनेटमा ६.८ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । 

भूकम्पबाट भयभीत मोरक्कोली मध्यरातमा घर छोडेर भागेका थिए । अहिले पनि अधिकांश घरबाहिर त्रिपाल टाँगेर बसिरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ