arrow

नास–आईटीको नयाँ कार्यकारी बोर्ड चयन

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २४ आइतबार
nas-it.jpg

काठमाडौँ । नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सेवा कम्पनीहरू (नास–आईटी) को नयाँ कार्यकारी बोर्ड चयन भएको छ । बोर्डको अध्यक्ष रिचन श्रेष्ठ रहेका छन् । त्यस्तै उपाध्यक्षमा सन्तोष कोइराला, महासचिवमा दीपेन चापागाईं, कोषाध्यक्षमा अभया पौडेल चयन भएका छन् । 

त्यसैगरी कार्यकारिणी सदस्यहरुमा अलिशा श्रेष्ठ, गौरव पाण्डे, कैलाश विजयानन्द, नारायण कोइराला, प्रार्थना शाखा रहेका छन् । 

नास–आईटी नेपाली सफ्टवेयर र आईटी सेवा उद्योगको प्रतिनिधित्व गर्ने गैर नाफामुखी संस्था हो । यसको प्राथमिक लक्ष्य नेपाली सफ्टवेयर र आईटी सेवा उद्योगको वृद्धि र विकासलाई प्रवर्द्धन गर्नु र उद्योगमा नवप्रवर्तन र उद्यमशीलतालाई प्रोत्साहन गर्ने वातावरण सिर्जना गर्नु हो ।

नास–आईटीले उद्योगका लागि अनुकूल नीति र नियमहरूको वकालत गरेर, अर्थतन्त्रका विभिन्न क्षेत्रहरूमा प्रविधिको प्रयोगलाई प्रवर्द्धन गर्दै, उद्योगीहरूबीच सहकार्य र ज्ञान आदानप्रदानलाई बढावा दिँदै, तालिम र क्षमता अभिवृद्धि कार्यक्रमहरू प्रदान गरेर यो हासिल गर्ने लक्ष्य राखेको छ । 

समग्रमा नास–आईटी यस क्षेत्रमा नेपाललाई सफ्टवेयर र आईटी सेवाहरूको हबको रूपमा स्थापित गर्न र सफ्टवेयर र आईटी सेवा उद्योगको प्रवर्द्धनमार्फत देशको आर्थिक वृद्धि र विकासमा योगदान पुर्‍याउन प्रतिबद्ध रहेको बोर्डले जनाएको छ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ