arrow

सिप्रदी अटोपार्टस् प्राइभेट लिमिटेडद्वारा रिटेलर्स मीट र टाटा गुरु सम्मान कार्यक्रम आयोजना

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २४ आइतबार
tata-motors-autoparts-retailer-meet.jpg

काठमाडौँ। टाटा जेन्युइन पार्ट्स र टाटा मोटर्स जेन्युइन आयलको नेपालकै एक मात्र आधिकारिक वितरक सिप्रदी अटो पार्टस् प्राइभेट लिमिटेडले  काठमाडौँ उपत्यका भित्रका रिटेलर्स मीट र टाटा गुरु सम्मान कार्यक्रम आयोजना गरेको छ। सिप्रदी कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका इन्टरनेशनल बिजनेस हेड राकेश मित्तलको विशेष उपस्थितिमा  सिप्रदी अटोपार्टस्का वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकीले उक्त कार्यक्रम सञ्चालन गरेका थिए।

टाटा लाई टाटा नै सही भन्ने मूल मन्त्र मान्दै सञ्चालन गरिएको कार्यक्रममा सम्बोधन गर्दै सिप्रदीका सिइओ राजनबाबु श्रेष्ठले सबैको साथ पाएर मात्र टाटा नेपालमा अटो मोबाइलको क्षेत्रमा नम्बर एक रहेकोले गर्दा सिप्रदीले पनि सबै रिटेलर्स, मेकानिक्स र ग्राहकलाई साथमा लिएर अगाडी बढ्ने गरेको बताएका थिए।

सिप्रदीले प्राविधिकहरूलाई आधुनिक प्रविधिहरूको तालिम उपलब्ध गराई रहेको जानकारी गराउँदै हालसालै तीन दिन तालिम लिएका पच्चीस जनता प्राविधिकहरूलाई प्रमाणपत्र वितरण गरी सम्मानित गरेका थिए। कार्यक्रममा खुद्रा बिक्रेताहरूको वित्तीय व्यवस्थापनको लागी सिप्रदीले नबिल बैङ्क सँग सम्झौता गरेको अनि नयाँ प्रविधिसङ अभ्यास हुन डायनामिक टेक्नोसफ्ट सँग सम्झौता गरी ईआरपी सफ्टवेयर प्रदान गर्न लागेको जानकारी गराए। श्रेष्ठले ग्राहकलाई टाटा जेन्युइन पार्टस् र टाटा मोटर्स जेन्युइन आयल सहज, सुलभ र सहुलियत रूपमा उपलब्ध होस भनी सिप्रदीले अनलाइन स्टोर दराज सँग सम्झौता गरी दराज मा उपलब्ध गराएको जानकारी गराए।

कार्यक्रममा रिटेलर्स र टाटा गुरुहरूलाई विभिन्न उपहारहरू प्रदान गरिएको थियो। टाटा वफादारी कार्यक्रम अन्तर्गत टाटा गुरु दीपक महर्जन ले डियो स्कुटर उपहार प्राप्त गरे भने  आईफोन १४ प्रो २ जनाले, एलईडी टेलिभिजन २ जनाले लगायत अन्य धेरैले उपहार प्राप्त गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै टाटा मोटर्स अन्तर्राष्ट्रिय व्यापार प्रमुख राकेश मित्तलले आधुनिक प्रविधिलाई आत्मसाथ गर्नु पर्ने बताए। साथै सम्पूर्ण उपहार विजेताहरूलाई बधाई दिँदै टाटा मोटर्स आफ्ना ग्राहकको साथ रहने बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ