arrow

राष्ट्रिय सहमति नभइ समुन्नत नेपाल बनाउन नसकिने कानून मन्त्री गुरूङको ठहर

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २४ आइतबार
Dhanraj Gurung-syangja.jpg

स्याङ्जा । कानून न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले समुन्नत नेपाल बनाउन सबै दल मिल्नुपर्नेमा जोड दिएका छन् । 

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड वालिङ शाखा आज शुभारम्भ गर्दै उनले समुन्नत नेपाल देख्न चाहने हो भने सबै दल मिल्नुको विकल्प नभएको बताएका हुन् ।

“एक दलले अर्को दललाई गाली गलौज गरेर देश बन्दैन”, मन्त्री गुरुङले भने, “देश बनाउनका लागि गालीगलौज नभई मिल्नु आवश्यक छ । मुलुक बनाउनका लागि जो जहाँ छ त्यहीँबाट कर्मलाई विश्वास गर्नुपर्छ । ”

“गफ गरेर मात्र मुलुक परिवर्तन हुँदैन”, उनले जोड दिए, “मुलुकको परिवर्तनका लागि कर्म गरेर अगाडि बढ्नुपर्छ । आर्थिक क्षेत्रमा केही अप्ठ्यारा रहेकाले यसलाई नीतिगतरूपमा समाधान गरिनुपर्छ ।”

राष्ट्र बैंक बैंकहरूको अभिभावक भएकाले उसले आवश्यकता र परिस्थितिबमोजिम नीतिमा पनि सुधार गर्नुपर्ने मन्त्री गुरुङले सुझाव दिए ।

गण्डकी प्रदेशसभा सदस्य भोजराज अर्यालले राष्ट्र बैंकले नियमन र अनुगमनमा कमजोरी गरेकै कारण देशमा वित्तीय अराजकता बढ्दै गएको आरोप लगाए । 

उनले बैंक तथा वित्तीय क्षेत्रमा देखिएका समस्या सुधार गर्न पनि राष्ट्र बैंकले नियमन गर्नु आवश्यक रहेको बताए । 

वालिङमा आजदेखि सञ्चालनमा आएको बैंक राष्ट्रिय वाणिज्य बैंकको २८२औँ शाखा हो । 

स्याङ्जामा योसँगै चार वटा यस बैंकका शाखा छन् । 

बैंकले भिरकोट नगरपालिकाको बयरघारीमा पनि थप शाखा विस्तार गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएको छ । 

चापाकोट नगरपालिकाको सुन्तलीटार र साँखरमा सेवा प्रवाहका लागि काउन्टर खोल्ने तयारी भइरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ