arrow

टाटा जेनुइन पार्ट्स र टाटा मोटर्स जेन्युइन आयलका रिटेलर्सलाई नबिल बैङ्कले बिना धितो फाइनान्स सुविधा दिने

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २५ सोमबार
tata-ev-nabil-mou.jpg

काठमाडौँ। नबिल बैङ्कले टाटाको जेन्युइन पार्टपुर्जा र टाटा मोटर्स जेन्युइन आयलका खुद्रा बिक्रेताहरूलाई सस्तो र सहज वित्तीय सुविधा उपलब्ध गराउने भएको छ।

टाटा जेन्युइन पार्टस् र टाटा मोटर्स जेन्युइन आयलको  नेपालकै एक मात्र आधिकारिक वितरक सिप्रदी अटो पार्टस् प्रालि र नेपालकै अग्रणी बैङ्क नबिल बैङ्कबीच सहकार्य गर्ने सहमति भएको छ।

सिप्रदी अटोपार्टस् प्रालिका वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकी र नबिल बैङ्कका एसएमई तथा माइक्रोफाइनान्स प्रमुख अमित श्रेष्ठले सिप्रदी कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका इन्टरनेशनल बिजनेस हेड राकेश मित्तलको विशेष उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्।

उक्त कार्यक्रममा काठमाडौँ उपत्यकाका खुद्रा बिक्रेता तथा टाटा गुरुहरूको पनि उपस्थिति रहेको थियो। उक्त सम्झौता अनुसार अब नबिल बैङ्कले सिप्रदी अटोपार्टका खुद्रा बिक्रेताहरूलाई सहज र सस्तो वित्तीय सुविधा उपलब्ध गराउने छ। खुद्रा विक्रेताहरू राष्ट्रको आर्थिक अवस्था नाजुक भएको परिस्थितिमा त्यो सम्झौताबाट खुसी महसुस गरिरहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ