arrow

नारायणगढ-मुग्लिन सडक अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २६ मंगलबार
narayanghad-mugling-2080-03-23.jpg

भरतपुर (चितवन) । सुक्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

 इच्छाकामना गाउँपालिका-६ स्थित टोपेखोलामा आज बिहान सुक्खा पहिरो खस्दा मुग्लिन नारायणगढ सडक बन्द भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख विशाल तामाङले जानकारी दिए ।

अहिले पहिरो पन्छाउने तयारी गरिएको छ । सडक दुईतर्फी अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका सवारीसाधन बाटोमा नै रोकिएका छन् । 

पहिरो पन्छाउन ‘लोडर’ र ‘एक्साभेटर’ तयारी अवस्थामा रहेको प्रहरी प्रमुख तामाङले बताए । 

नारायणगढ-मुग्लिन सडकखण्ड पटक-पटक अवरुद्ध हुँदा यात्रुले सास्ती खेप्दै आएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ