arrow

मैले आत्मीय मित्र गुमाएको छु : बाबुराम भट्टराई

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २६ मंगलबार
baburam-bhattarai-new-2079.jpg

काठमाडौँ।  नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले संविधानसभा अध्यक्ष एवं पूर्वसभामुख सुवास नेम्वाङको निधनबाट मुलुकले क्षति व्यहोरेको बताएका छन् । 

उनले एमाले उपाध्यक्ष नेम्वाङको निधनबाट आफू स्तब्ध र मर्माहत भएको बताए । “ आँखामा राखे पनि नबिझाउने, मृदुभाषी, असल व्यक्तित्व नेम्वाङको निधनबाट देशले क्षति व्यहोरेको छ”, उनले भने, “मैले आत्मीय मित्र गुमाएको छु”, अध्यक्ष भट्टराईले नेम्वाङप्रति श्रद्धाञ्जलि र परिवारजन तथा पार्टी पङ्क्तिमा समवेदना व्यक्त गरेका छन् ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ