arrow

नेम्वाङको निधनप्रति मुख्यमन्त्री पाण्डेद्वारा दु:ख व्यक्त

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २६ मंगलबार
Subash-chandra-negmang-death.jpg

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानसभा अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको असामयिक निधनले आफू स्तब्ध भएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले दिवङ्गत नेता नेम्वाङप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समेवेदना व्यक्त गरेका छन् । इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नेम्वाङको गए राति हृदयघातका कारण काठमाडौँमा  निधन भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ