arrow

गगन थापा पोखरा आउने

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २६ मंगलबार
gaganthapas.JPG
तस्बिर-फाइल

पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा बुधबार पोखरा आउने भएका छन् । नेपाली कांग्रेस पोखरा महानगर समितिको दोश्रो महानगर सम्मेलनमा सहभागी हुन महामन्त्री थापा पोखरा आउने भएका हुन् ।

सम्मेलनको सबै तयारी पूरा भएको पार्टीका महानगर सभापति सुरेन्द्र विजुक्छेले जानकारी दिए । उनका अनुसार सम्मेलन बुधबार दिउसो ११ः३० बजेदेखि पोखरा सभागृहमा हुनेछ ।

महानगर सचिव टुवराज बास्तोलाका सम्मेलनमा पार्टीका सहमहामन्त्री जीवन परियार, केन्द्रीय सदस्य गुरु बराल, गण्डकी प्रदेश सभापति शुक्रराज शर्माका साथै जिल्ला, क्षेत्र, महानगरका नेताहरुको पनि सहभागिता रहनेछ । 

सम्मेलनमा यसअघि गरेका कामको समीक्षा, भावी कार्ययोजना तय, मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल गर्दै घोषणापत्र जारी गरिने सचिव बास्तोलाले जानकारी दिए ।

यसैबीच कास्की कांग्रेसले महानगर सम्मेलन भव्यरुपमा सम्पन्न आह्वान गरेको छ । 

पार्टीको मंगलबार बसेको बैठकले महानगर सम्मेलन भव्यरुपमा सम्पन्न गर्न सबै प्रकारको सहयोग गर्ने प्रतिवद्धता जनाएको प्रवक्ता युवक लामिछानेले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ