- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । मंगलबारदेखि चलिरहेको अटो व्यवसायीको कुम्भमेला ‘नाडा अटो शो २०२३’ मा विद्युतीय चार पाङ्ग्रेको माग बढेको पाइएको छ । राजधानीको भृकुटीमण्डपमा चलिरहेको शोमा सरकारको नीतिअनुसार नै ग्राहकको चाहना पनि बदलिएको छ ।
सोअनुसार अधिकांश ग्राहकले विद्युतीय सवारी साधनमै जोड दिएको पाइएको छ । सिप्रदीको टाटा मोटर्समा आउने अधिकांश ग्राहकले इलेक्ट्रिक भेइकल (ईभी) नै नै बुकिङ गरेको रिया महर्जन बताउँछिन् ।
पेट्रोल र डिजेलबाट चल्ने सवारीमा ग्राहकका आँखै नगएका भने हैनन् । तर तुलनात्मक रुपमा निकै कम मात्रामा ईभी गाडीको बुकिङ भइरहेको हो ।
महर्जन भन्छिन्, ‘ईभी बाहेक टाटा पञ्च गइरहेको छ ।
१५ औँ संस्करणको नाडा अटो शोमा कुल १ सय २० स्टल रहेका छन् । चार पाङ्ग्रे सँगसँगै दुई पाङ्ग्रे सवारीको पनि उपस्थिति उत्तिकै रहेको छ ।
नाडा शो भदौ ३१ गते आइतबारसम्म चल्नेछ ।
आयोजकले बिदाको दिनमा ग्राहकको फ्लो बढ्ने अनुमान गरेको छ । ७५ हजारको हाराहारीमा आग्रह आउने अपेक्षा आयोजकको छ ।