arrow

मुम्बई विमानस्थलमा पनि दुई किलो सुन समातियो

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २९ शुक्रबार
gold-gold.jpg

काठमाडौं । नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुन तस्करी भइरहेको समय भारतको  मुम्बई विमानस्थल पनि दुई किलो धुलो सुन बरामद भएको छ । 

सिङ्गापुरबाट आएको एक भारतीय परिवारबाट मुम्बई विमानस्थलमा रु एक करोडभन्दा बढी मूल्यको दुई किलो सुनको धुलो बरामद भएको एक जना भन्सार अधिकारीले बताएका छन् ।

मुम्बई भन्सार अधिकारीका अनुसार रु एक करोड पाँच लाख २७ हजार बराबरको सुनको धुलो दम्पतीले आफ्ना भित्री वस्त्रमा र उनीहरूको तीन वर्षको बच्चाको डाइपरमा लुकाइएको सुनको धुलो बरामद भएको हो । 

बरामद सुनको धुलो २४ क्यारेटको हो । आज अपराह्न उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ । विस्तृत विवरण प्राप्त हुन बाँकी छ । 

यसअघि केरलाको कोचीन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार अधिकारीहरूले सात सय ग्राम सुन मलद्वारमा लेप बनाएर आएका एक यात्रीलाई पक्राउ गरेको थियो । बरामद सुनको मूल्य रु ४० लाख पर्ने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ