arrow

चट्याङ लागेर एक महिलाको मृत्यु, १६ घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २९ शुक्रबार
lighting-thundering.jpg

दैलेख ।  दैलेखको महावु गाउँपालिका–१ खरीगैरामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । 

बिहीबार साँझ परेको चट्याङ लागेर खरीगैराका ४२ वर्षीया भूमिसरा खत्रीको मृत्यु भएको हो ।

चट्याङ लागेर घाइते भएकी खत्रीको उपचारका क्रममा जिल्ला अस्पताल दैलेखमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शिव विष्टले जानकारी दिए । 

चट्याङ लागेर  १६ जना घाइते भएका छन् । 



लोकप्रिय समाचार
नयाँ