arrow

आन्दोलनरत चिकित्सकसँग वार्ता गर्न पाँच सदस्यीय समिति गठन 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ३१ आइतबार
Become-a-Medical-Doctor.jpg

काठमाडौँ ।  सरकारले आन्दोलनरत नेपाल चिकित्सक सङ्घसँग वार्ता गर्नका लागि वार्ता टोली गठन गरेको छ । 

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयका अतिरिक्त सचिव डा विकास देवकोटाको संयोकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरेको मन्त्रालयका सहसचिव तुलसीनाथ गौतमले जानकारी दिए । 

समितिको सदस्यमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र स्वास्थ्य मन्त्रालयका सहसचिव सदस्य रहने गरी पाँच सदस्यीय वार्ता समिति गठन गरिएको छ । 

उक्त समितिले अहिले नै वार्ताका लागि चिकित्सकलाई आह्वानसमेत गरिसकेको छ । 

चिकित्सकमाथिको आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै आज देशभरिका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा सङ्घले बन्द गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ