arrow
ADVERTISEMENT

जस्टिस फर वीर अस्पतालले लेखा अधिकृत राईलाई कारबाही गर्न गुहार्‍यो बालेनदेखि अख्तियारसम्म [पत्रसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २६ मंगलबार
birsingh-rai-bir-hospital-26-02.jpg.jpeg

काठमाडौँ । जस्टिस फर वीर अस्पतालले लेखा अधिकृत वीरसिंह राईलाई कारबाही गर्न माग गर्दै प्रधानमन्त्री वालेन्द्र साह बालेनदेखि अख्तियार दुरूपयोग अनुसन्धान आयोग गुहारेको छ ।

राईले तिनै प्रधानमन्त्री, तिनै अख्तियार प्रमुख र महालेखा नियन्त्रकको नाममा कमिशन धन्दा चलाएको आरोप लगाउँदै जस्टिस फर वीर अस्पतालले राईलाई कारबाही गर्न माग गरेको हो । 

जस्टिसले यसअघिदेखि नै अस्पतालमा भइरहेका कुकार्य विरुद्ध आवाज उठाउँदै आएको छ । उसले राईविरुद्ध सम्बन्धित सबै निकायमा कारबाहीका लागि मागसमेत गरेको छ । 

उसको निवेदनमा २४ ओटा बुँदा समेटेर उल्लेख गरिएको छ । 

यस्तो छ निवेदन––

   श्रीमान् प्रमुखज्यू
महालेखा नियन्त्रक कार्यालय
अनामनगर, काठमाडौं

विषयः वीर अस्पतालका लेखा अधिकृत वीर सिंह राई माथि सम्पत्ति छानबिन, कारबाही तथा तत्कालै सरुवा गराई पाऊँ।

श्रद्धेय,

   उपरोक्त विषयमा यस चि.वि.रा.प्र. वीर अस्पतालमा कार्यरत लेखा अधिकृत वीर सिंह राई (क.सं. १८६८२) अस्पतालमा आएदेखि कमाइ धन्दा चलाइरहेका छन्। अस्पताल ढुवाउन लागेका छन्  । निज विगतमा विभिन्न स्वास्थ्य संस्था र हाल वीर अस्पतालमा कार्यरत रहँदा गर्दै आएको अनियमितताबारे सम्पत्तिसहित छानबिन, कारबाही तथा सरुवा गर्न माग गर्दछौँ । निजले अस्पतालमा उठाउ धन्दा नै  चलाइ अनियमितताको आतंक नै सिर्जना गरिरहेका छन्। उनीमाथि छानबिन गर्नुपर्ने विषय निम्नानुसार छन्:

१) स्वास्थ्य सेवा विभाग टेकु राष्ट्रिय एड्स केन्द्रमा रहँदा आईएनजीओ तथा एनजीओहरूसँग बार्गेनिङ गरी करोडौं रुपैयाँ अवैध आर्जन गरेको तथा तालिम तथा गोष्ठीको नाममा अनियमितता गरेको। तत्कालीन आ.ब मा  केन्द्रमा महालेखा को अडिट आउदा अडिट गर्न नदिई कोठा चाबी लगाई बन्द गरि भागेको ।

२) कान्ति बाल अस्पतालमा रहँदा एनआईसीयू निर्माण, भेन्टिलेटर खरिद र क्वारेन्टिन टेन्डरमा रु २५ लाख कमिसन लिएको। अस्पतालमा व्यापारी लाई भुक्तानी नदिई लाखौं कमिसन मागि हैरानी दिन्थे, अस्पतालमा डाक्टरले भत्ता माग्दा कमिसन मागेको डाक्टरले कमिसन नदिएपछि डाक्टरलाई तथानाम गालीगलोज गरेका थिए ।

३) २०७९ साल साउनमा स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीको निजी सचिव रहँदा नीति योजना महाशाखामा गएर एलएमबीआईएस हेर्ने,  स्वास्थ्य सेवा विभागको लाहाछाप लगाई  शिल्ड गरेको टेन्डर फाइल पठाउन दबाब दिन्थे । स्वास्थ्य सेवा विभाग मा टेन्डर पार्ने व्यापारीसँग ५ प्रतिशत कमिसन माग्थे । 

४) वीर अस्पतालमा करार/अस्थायी कर्मचारीको म्याद थपमा लेखा शाखाको राय दिँदा कर्मचारीसँग २५/२५ हजार कमिसन माग गरेको।

५) स्टोर, खरिदका कर्मचारीसँग सामान अर्डर गर्दा पीओ साइन गर्दा नै कति प्रतिशत आउने भन्ने  प्रतिशतमा कुरा मिलाएपछि मात्र हस्ताक्षर गर्ने गरेको। स्टोर र खरिदै कर्मचारी बताउँछन् । 

६) अस्पतालमा औषधि/सर्जिकल/उपकरण सामान आपूर्ति गर्ने व्यापारीसँग विभिन्न बहानामा दुःख दिने गरेको छ। अन्तिम मितिभन्दा पूर्व कमिसन भने अनुसार आउने भए अनुसार १० प्रतिशत कमिसन अग्रिम दरबारमार्फत होटलमा साँझ ६ बजेदेखि भेटेर १० प्रतिशत लिएर र सोपछि मात्र व्यापारीलाई भोलिपल्टैभुक्तानी दिने गरेको। कमिसन नदिने व्यापारीलाई जुन वर्षौँदेखिको उपकरण तथा मेडिकल सर्जिकलको भुक्तानी रोकी राखेको। उनका कारण अस्पतालजन्य व्यापारीहरू दैनिक अस्पताल आउँछन्, केही फर्कन्छन्, उनीहरू मानसिक रोगी भैसके।

७) अस्पतालमा अत्यावश्यक बिरामीको खाना, अक्सिजन, औषधि, सिटि स्याक्यान, पिटि आइ .एन. आर ,  लगायत आपूर्ति गर्दा तत्काल भुक्तानी गर्नुपर्ने रकम पनि कमिसन नपाएसम्म भुक्तानी नगर्ने गरेको । निजका कारण अस्पतालमा बिरामीको खाना, अक्सिजन , सिटि नबनेको, पिटि, आइएनआरलगायत अभाव भई सेवा अवरुद्ध भैरहेको छ ।

८) अस्पतालमा रेडियोलोजी र प्याथोलोजी विभागका सामान ल्याउँदा पनि व्यापारीसँग प्रि-पेड कमिसन लिने गरेको, कमिसन नपाउँदा सामान रोक्ने र कमिसन पाएपछिमात्र पीओमा हस्ताक्षर गर्ने गरेको, जसका कारण ती सेवा पटक–पटक अवरुद्ध भएको । निजकै कारण हाल वीर अस्पतालमा  सिटीलगायत केही अत्यावश्यक सेवा बन्द छन् ।

९) वीर अस्पताल क्यान्टिनको खाना खाजाको बिल भुक्तानी गर्दासमेत प्रतिशत लिएर मात्र खानाको बिल भुक्तानी दिने गरेको।

१०) वीर अस्पतालको नव निर्मित आकस्मिक कक्षको भुक्तानीमा रु. २७ लाख ५० हजार कमिसन लिएको। बाँकी भुक्तानीका लागिसमेत बार्गेनिङ गर्दै गरेको सो विषय स्वास्थ्य मन्त्री वीर अस्पताल आउँदासमेत ठेकदारले जानकारी दिएको । 

११) विगतमा अस्पतालले ठेक्का सम्झौता गरी मेडिसिन/सर्जिकल/उपकरण सामान प्रयोग भइसकेपछि पनि कमिसनको कुरा नमिल्दा ३३ करोड रकम भुक्तानी नदिइरहेको। उक्त रकम भुक्तानी दिन रु २ करोड माग गरेको । महालेखाको प्रतिवेदन ८१-८२ मा समेत सो कुरा उल्लेख छ। 

१२) वीर अस्पतालमा कार्यरत जोखिम भत्ता पाउने कर्मचारीलाई भत्ता निकासा गर्दा आफ्नो नामसमेत राखेर मात्र निकासा गर्ने गरेको।

१३) काठमाडौँ महानगरले नि:शुल्क रुपमा वीर अस्पतालमा सन्चालन गरेको पाठेघर क्यान्सर जाँचको अनुदान रकममा नजराना नपाउँदा क्यान्सर विभागलाई भुक्तानी नदिएको । 

१४) न्याम्सको कार्यकारी परिषद् को बैठक नं .१६७ मिति २०८२/१२/०२ को निर्णयले करार कर्मचारीको म्याद थप र सेवा सुबिधाका बारेमा निर्णय  गरे पनि कर्मचारीलाई यो मिलेन, त्यो मिलेन भन्दै पैसा लिन दुःख दिने गरेको ।

१५) स्थायी  कर्मचारीहरूको भत्ता कम पठाउने , ग्रेड नदिने , सञ्चय कोष, नागरिक लगानी कोषको रकम नपठाई बाहिर ब्याजमा लगाई ६ महिनामा मात्रै पठाउने । 

१६) अस्पताल फार्मेसीमा सप्लायर्सलाई भुक्तानी रोकी करोडौँ डिल गरेरमात्र चेक बनाउने गरेको ।

१७) वीर अस्पतालको सीटी स्क्यान मेसिन बिग्रिँदा पनि वीर सिंहले मर्मतलाई व्यापारीसँग कमिसनको डिल गरी कमिसन लिने गरेको, आम गरिब बिरामी महँगोमा निजी अस्पताल जान बाध्य भएका छन्।

१८) अस्पतालमा मासिक २९० जना सरसफाइ कर्मचारी उपलब्ध गराउने कम्पनीसँग (इन्फोटेक) सुरक्षा गार्ड ५३ जना मासिक सेवा करारको रकम भुक्तानी दिँदा १० प्रतिशत कमिसन लिने गरेको।

१९) वीर अस्पतालका डाक्टर, कर्मचारीहरूको तालिम भत्ता कमिसन नलिई नदिने गरेको । 

२०) ल्याबमा आफूनिकट कर्मचारी ३ जनासँग ५-५ लाख लिई पदाधिकारीलाई दबाब दिई नियुक्ति दिएको । 

२१) वीर अस्पतालमा आफूनिकट क्यान्टिन सञ्चालन गर्ने दिनका लागि अन्य चमेना गृह सञ्चालकलाई कार्यकक्षमा बोलाई बार्गेनिङ गर्ने गरेको ।

२२) अस्पतालमा अत्यावश्यक कर्मचारी भर्नामा पैसा लिई आफूनिकटलाई करार सेवामा भर्ना गर्ने गरेको ।

२३) राई आफूले गरेको भष्टाचारको फाइल मिलाउन अस्पतालको बेरुजु शाखामा गौतम थरका पूर्व कर्मचारीलाई नियुक्ति दिन रु ५ लाख  लिई नियुक्ति दिन फाइल अगाडि बढाएको ।

२४) अस्पतालमा कर्मचारी र व्यापारीलाई कमिसन नदिए, आफूविरुद्ध लागेमा, अनियमितता विरोध गरेमा म अर्थ मन्त्रीको मान्छे हुँ, महालेखाको सचिव शोभाकान्तको मान्छे हुँ, आफू अख्तियार दुरुपयोगमा बसेर आएको भन्दै अख्तियार लगाइ दिने भन्ने धाकधम्की गरेको छ। करार कर्मचारीलाई उनको भ्रष्टाचारको बारेमा बोलेमा म्याद थप गर्दिन भनेर थर्काउने गर्दछन् ।

त्यसैले उक्त विषयलाई गम्भीरतापूर्वक लिई तत्काल सम्पत्तिसहित अनुसन्धान प्रक्रिया अघि बढाई वीर सिंह राईमाथि कानूनी कारबाही र अस्पतालबाट सखा गरिदिनु हुन अनुरोध गर्दछौँ । कर्मचारी तथा व्यापारीहरूलाई प्रतिशोधको डरले प्रत्यक्ष आउन नसकेकोले जानकारी गराइएको हो।

                            भक्तिपूर्वक
                 जस्टिस फर वीर अस्पताल


                
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ