arrow

विदेशमन्त्री ब्लिन्केनले भने- अमेरिकी जनताको तर्फबाट शुभकामना

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ३ बुधबार
antony-blinken.jpg

न्यूयोर्क ।  अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले अमेरिका र नेपालका नागरिकबीचको सम्बन्ध महत्वपूर्ण भएको बताएका छन् । 

नेपालको संविधान दिवस, २०८० का अवसरमा मङ्गलबार विदेशमन्त्री ब्लिन्केनले शुभकामना दिदै दुवै देशको सम्बन्ध विस्तारले दुई देशबीच एकअर्कामा बुझ्न, सद्भाव र विश्वास विस्तारमा कोशेढुङ्गाको काम गरेको बताए ।

विदेशमन्त्री ब्लिन्केनले सन्देशमा भनेका छन्, “अमेरिकी जनताको तर्फबाट म नेपाली जनतालाई संविधान दिवसका अवसरमा हार्दिक बधाई ज्ञापन गर्दछु । आज हामी यस्तो विशेष दिन मनाउँदैछौँ, जसले हामीहरूबीचको सम्बन्ध र प्रतिबद्धताको नवीकरणमा अतुलनीय भूमिका निर्वाह गर्दै दुई देशबीच शान्ति, सहकार्य र पारस्परिक समृद्धिको विस्तार गर्नेछ ।”

“नेपालले हासिल गरेको उपलब्धि र दुई देशबीचको लामो मैत्रीपूर्ण सम्बन्धलाई यो क्षणमा म स्मरण गर्न चाहन्छु । अमेरिकी सरकार र नागरिकको तर्फबाट म तपाईँहरू सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछु”, विदेशमन्त्री ब्लिन्केनद्वारा जारी सन्देशमा उल्लेख छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ