arrow

शिक्षकका समस्यामा छलफल गर्न पूर्णबहादुरले बोलाए गृहमन्त्रीसहित मन्त्रीहरूलाई बैठकमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ४ बिहिबार
purna-bahadur-khadaka.png

काठमाडौं । शिक्षकका समस्यामा छलफल गर्न कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित अन्य मन्त्रीहरूलाई बैठकमा बोलाएका छन् । 

बिहीबार बिहान सिंहदरबारमा  गृहमन्त्री श्रेष्ठसँग भएको वार्तामा सहमति हुन नसकेपछि कार्यवाहक प्रधानमन्त्री  खड्काले छलफलका लागि बैठक बोलाएका बोलाएका हुन् । 

उपप्रधान तथा रक्षामन्त्री खड्काले शिक्षक आन्दोलनको माग कसरी सम्बोधन गर्ने बारे छलफल गर्ने बताइएको छ । 

आज बिहान शिक्षकहरूले गृहमन्त्रीसँग छलफल गरेका थिए । वार्तामा शिक्षामन्त्रीको समेत सहभागिता रहेको थियो । छलफलमा सहमति नभएपछि कार्यवाहक प्रधानमन्त्री खड्काले मन्त्रीलाई बोलाएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ