arrow

संसद्मै संशोधन गरेर विधेयक सच्याउँछौँ, विद्यालय बन्द नगरौँ : गगन थापा

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ४ बिहिबार
gagan-thapa-2080-04-02.jpg

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विद्यालय शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक रहेको बताएका छन् । उनले संसद्मा विधेयक सच्याउने भन्दै विद्यालय बन्द नगर्न आन्दोलनरत शिक्षकलाई आव्हान गरेका छन् । 

आज महामन्त्री थापाले एक विज्ञप्ति जारी गर्दै यस्तो आव्हान गरेका हुन् । उनले भनेका छन् 'विद्यालय शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक छ, संसद्मा हामी यसलाई सच्याउने नै छौँ, विद्यालय बन्द नगरौँ  । विद्यालय शिक्षा सम्बन्धी विधेयकमा अनेकन् कमजोरीहरू छन्, ती सुधार गर्नै पर्नेछ। संसद्मा दर्ता भइसकेपछि अब यो विधायिकाको कर्तव्य र जिम्मेवारी हो। हामी सबैसँग घनिभूत छलफल र संवाद गर्नेछौँ । आन्दोलनरत शिक्षक, स्थानीय सरकार लगायत सरोकारवाला र चिन्तित अभिभावक एवं विद्यार्थी सवैका जायज माग र चिन्ताको संशोधन गर्ने कुरामा प्रतिबद्ध छौ।'

संसद्मा दर्ता भएको शिक्षा विधेयकमा शिक्षक महासङ्घले विभिन्न १८ बुँदे असहमति प्रकट गरेको छ ।  जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्ने सहितका माग छन् । सो माग पूरा नभएसम्म आन्दोलन नरोकिने महासङ्घले चेतावनी दिएको छ । 

थापाले रचनात्मक ढङ्गले समाधानको खोजीका लागि मद्दत गर्न र विद्यालय बन्द गर्ने अप्रिय बाटो अवलम्बन नगरी आन्दोलनको स्वरूप परिवर्तन गर्न आग्रह गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ