arrow

कांग्रेसले गर्‍यो आठ जनालाई केन्द्रीय कार्यसमितिमा मनोनीत

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ४ बिहिबार
party-office-congress-nepal.jpg

काठमाडौं। नेपाली कांग्रेसले केन्द्रीय कार्य समिति सदस्यमा आठ जनालाई मनोनीत गरेको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान २०१७को धारा २१ को उपधारा २१ बमोजिम आठ जनालाई मनोनीत गरेका हुन्।

मनोनीत हुने केन्द्रीय सदस्यहरूमा गुल्मीबाट चन्द्र भण्डारी, अर्घाखाँचीबाट मानबहादुर विश्वकर्मा, पर्वतबाट अर्जुनप्रसाद जोशी, शिवप्रसाद हुमागाईँ काभ्रेपलान्चोकबाट मनोनीत भएका छन्। त्यसैगरि बाग्लुङ्गबाट किरणराज शर्मा पौडेल, भरतकुमार शाह रुपन्देहीबाट मनोनित भएका छन् भने शारदा पौडेल कास्की र अनिलकुमार रुङ्गटा पर्साबाट मनोनीत भएका हुन्।

चन्द्र भण्डारी काङ्ग्रेसको १४औं महाधिवेशनमा उपसभापतिमा पराजित भएका थिए भने मानबहादुर विश्वकर्मा सह महामन्त्रीमा पराजित भएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ