arrow

इण्डो-प्यासिफिक सम्मेलनमा सहभागी हुन प्रधानसेनापति भारत जाँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ५ शुक्रबार
prabhu-ram-sharmas.PNG

काठमाडौँ । इण्डो-प्यासिफिक सम्मेलनमा सहभागी हुन प्रधानसेनापति प्रभुराम शर्मा आगामी आइतबार भारतको नयाँ दिल्ली जाँदै छन् ।

नयाँ दिल्लीमा यही असोज ८ देखि १० गतेसम्म हुने तेह्रौँ संस्करणको इण्डो-प्यासिफिक सेना प्रमुख सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन् । 

नेपाल सरकारको भदौ २३ गतेको निर्णयबमोजिम नियमित रूपमा सञ्चालन हुँदै आएको यस सम्मेलनमा प्रधानसेनापति सहभागी हुनेछन् ।

सम्मेलनका क्रममा आयोजना हुने ४७औँ इन्डो-प्यासिफिम आर्मिज व्यवस्थापन गोष्ठीमा उपरथी योगराज शर्मा र महासेनानी वसन्तबहादुर गौतम सहभागी हुन् । भ्रमण दलमा यस पटक सेना प्रमुख सुवेदार रत्नबहादुर थापामगर पनि संलग्न रहने सैनिक निर्देशनालयले जनाएको छ ।

भारत र संयुक्त राज्य अमेरिकाका सेनाको सहआयोजनामा सञ्चालन हुने यस पटकको सम्मेलनमा सहभागी भई प्रधानसेनापतिको नेतृत्वको टोली असोज ११ गते स्वदेश फर्कने छ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ