arrow

मुस्ताङमा हिउँमा फसेका दुई भारतीय पदयात्रीको सकुशल उद्धार

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २४ बिहिबार
mustang-khunga-himpat.jpg

काठमाडौँ । मनाङबाट थोरङपास हुँदै मुस्ताङतर्फ आउने क्रममा हिमपातमा फसेका दुई भारतीय पदयात्रीको सुरक्षाकर्मीले सकुशल उद्धार गरेका छन्। बुधबार साँझ नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरूलाई उद्धार गरेको हो।

बारागुङ मुक्तिक्षेत्र–१ मुक्तिनाथ र थोरङलापास क्षेत्रमा बुधबार मध्याह्न भएको भारी हिमपातका कारण पदमार्ग ठम्याउन नसकी भारतको केरलाका २९ वर्षीय फानिक टोनी र ३० वर्षीय मित्र बिन्दु अलपत्र परेका थिए। 

पदयात्री मित्र बिन्दुले आफूहरू बाटो हराएर चिसापानी भन्ने स्थानमा अलपत्र परेको जानकारी जिल्ला प्रहरी कार्यालय मुस्ताङलाई दिएपछि तत्कालै उद्धार टोली परिचालन गरिएको थियो।

नेपाली सेनाको इन्द्रबक्स गणका प्रमुख सेनानी गौरवध्वज खाँडका अनुसार संयुक्त टोलीले खोजी गर्ने क्रममा साँझ करिब ८ बजे थोरङपासको तल्लो क्षेत्र 'ड्रम क्याम्प' बाट उनीहरूलाई फेला पारेको हो। 

उद्धार गरिएका दुवै पदयात्रीको स्वास्थ्य अवस्था सामान्य रहेको सुरक्षा निकायले जनाएको छ। अन्नपूर्ण चक्रिय पदमार्गअन्तर्गत यो सिजनमा पदयात्रीको बाक्लो उपस्थिति हुने गरे पनि अचानक हुने मौसम परिवर्तनले बेलाबेला यस्ता जोखिम निम्त्याउने गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ