- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। राष्ट्रपति बनेपछि रामचन्द्र पौडेल पहिलो पटक गृह जिल्ला तनहुँ जाँदै छन् ।
राष्ट्रपति पौडेल शनिवार बिहान गृह जिल्ला तनहुँ जाने भएका हुन् ।
राष्ट्रपति पौडेलले दमौलीको वीपी वन वाटिकामा निर्माण गरिएको जिल्ला सभा हल र नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको सालिक अनावरण गर्ने कार्यक्रम रहेको छ ।
त्यसअघि राष्ट्रपति पौडेलले बिहान भँगेरथानमा पूजाआजा गर्नेछन् ।