arrow

पूर्णबहादुरले गरे मन्त्रीसँग छलफल, शिक्षकसँगको वार्ता निष्कर्षमा पुग्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ५ शुक्रबार
purna-bahadur-khadaka.png

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले  मन्त्रीहरू सँग छलफल गरेका छन् । 

शुक्रवार बिहान कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले मन्त्रालयमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राई, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मासँग छलफल गरेका हुन् । 

बैठकमा आन्दोलित शिक्षकहरूको माग सम्बोधन गर्ने गरि कुरा भएको छ । सरकारले शिक्षकहरूको माग पूरा गर्ने गरी छलफल शुरु गर्ने बताएको छ । मन्त्रीहरूको आन्तरिक छलफलपछि गृह मन्त्रालयमा शिक्षक प्रतिनिधिहरूसँग वार्ता जारी छ ।

 छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कानून,न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले आज बस्ने तेस्रो चरणको वार्तापछि समस्या समाधान हुने बताए । उनले आज छलफल निष्कर्षमा पुग्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ