arrow

विद्यालय शिक्षा विधेयकमा धेरै त्रुटि, ७० भन्दा बढी संशोधन हाल्नुपर्ने छन् : गगन थापा

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ५ शुक्रबार
gaganthapas.JPG
तस्बिर : फाइल

काठमाडौँ। सत्तारुढ काँग्रेस महामन्त्री गगनकुमार थापाले संसद्मा दर्ता भएको विद्यालय शिक्षा विधेयकमा धेरै त्रुटि रहेको बताएका छन्। काठमाडौँमा शुक्रवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त विधेयकमा आफूले ७० भन्दा बढी संशोधन हाल्नुपर्ने ठाउँ रहेका भन्दै विधेयकप्रति असन्तुष्टि जनाएका छन्।

उक्त विधेयकको विरोधमा देशभरका शिक्षकहरू काठमाडौँ आएर प्रदर्शन गरिरहेका बेला उनले धेरै त्रुटि रहेकाले सांसदबाट सच्याउनुपर्ने बताए। दीर्घकालीन रूपमा सोचेर कानुन बनाउनुपर्ने भन्दै उनले सांसदबाट सच्याएर उक्त विधेयक पारित गरिनुपर्ने बताए।

साथै उनले तत्काल शिक्षकहरूको माग सम्बोधन गरेर पठनपाठनको अवस्था सृजना गर्न सरकारसँग माग पनि गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ