arrow

सबैभन्दा लामो समय शासन गर्ने राष्ट्रपतिको निधन

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ८ सोमबार
italy-president.JPG

काठमाडौं ।  इटालीमा सबैभन्दा लामो समय शासन गर्ने राष्ट्रपतिको निधन भएको छ ।

इटालीका पूर्वराष्ट्रपति जर्जियो नापोलिटानोको ९८ वर्षको उमेरमा निधन भएको हो ।

इटालीका पूर्व राष्ट्रपति नापोलिटानोको शुक्रबार रोमको अस्पतालमा निधन भएको हो ।

आधुनिक इटालीमा सबैभन्दा लामो समयसम्म सेवा गर्ने उनी पहिलो राष्ट्रपति हुन् ।

उनी  सन् २००६ देखि २०१५ सम्म ९ वर्ष इटालीका राष्ट्रपति रहेका थिए  । 

उनी सन् २००६ मा राष्ट्रपतिका रूपमा निर्वाचित भएका थिए ।

त्यस्तै सन् २०१३ मा दोस्रो सात वर्षको कार्यकालका लागि निर्वाचित भएका थिए । 

उनले सन् २०१५ स्वास्थ्य र उमेरका कारण राजीनामा दिएका थिए ।

उनको स्थानमा वर्तमान राष्ट्रपति सर्जियो माछारेल्ला नियुक्त भएका थिए । 

सफल कम्युनिस्ट नेता रहेका उनले  ईयूको सार्वभौम ऋण सङ्कटबाट इटालीलाई अगाडि बढाउन मद्दत गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ