arrow

रात्रीबस दुर्घटनामा २५ बढी यात्रु घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ९ मंगलबार
accident-final_1618193180.jpg

तुलसीपुर (दाङ) ।  काठमाडौँबाट सुर्खेत जाँदै गरेको यात्रुवाहक रात्रीबस पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङ,लमही नगरपालिका–९ शिवखोलामा दुर्घटना हुँदा २५ जनाभन्दा बढी यात्रु घाइते भएका छन् ।

कर्णाली  प्रदेश०२–००१ख ०३६२ नम्बरको यात्रुवाहक बस बिहान दुर्घटना भएको र घाइते याुत्रहरूको लमही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक रामबहादुर केसीले बताए। 

बसमा ४५ जना यात्रु सवार थिए । के कति कारणले दुर्घटना भयो भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ