arrow

कर्मचारी सञ्चय कोष ६२ वर्षमा, पाँच लाख ८२ हजार योगदानकर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ६ शनिबार
karmachari-sanchaya-kosh.jpg
तस्बिर – फाइल ।

काठमाडौँ। कर्मचारी सञ्चय कोष ६२ वर्षमा प्रवेश गरेको छ। सो अवसरमा कोषले अहिलेसम्मका योगदानकर्ताको विवरणसमेत सार्वजनिक गरेको छ। सञ्चय कोष योगदानकर्ता पाँच लाख ८२ हजार योगदानकर्ता रहेका छन् भने निवृत्तिभरण कोषमा ६३ हजार तीन सय जना रहेका छन्। कोषका अनुसार योगदानकर्ता कार्यालयहरुबाट सञ्चय कोषमा २७ हजार छ सय तथा निवृत्तिभरण कोषमा तीन हजार दुई सय रहेका छन्। त्यसैगरी आर्थिक वर्ष २०७९–८० को वित्तीय अवस्था (अपरिस्कृत) समेत सञ्चय कोषले सार्वजनिक गरेको छ।

जसअनुसार सञ्चय कोषमा ४६१.७८ अर्ब, निवृत्तिभरण कोषमा ६.५१ अर्ब, जगेडा कोषमा ३८.१० अर्ब, दायित्वहरु ५.६५ अर्ब, कुल स्रोत ५१२.०४ अर्ब, कुल लगानी ५०३.७४ अर्ब तथा कुल बचत ४.७२ अर्ब रहेको कोषले जनाएको छ।कोषले विभिन्न वित्तीय सुविधाहरुसमेत सार्वजनिक गरेको छ।

जसमा (क) ब्याज तथा मुनाफाः कोष रकममा ब्याज दरः ७.५ प्रतिशत मुनाफाः १.२० प्रतिशत (आर्थिक वर्ष २०७८–७९ को शुरु मौज्दातमा)  (ख) सापटी सुविधाः विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, सरल चक्रकर्जा, घर मर्मत सापटी र जग्गा खरिद सापटी।

सामाजिक सुरक्षा सुविधाहरुः  सञ्चयकर्ता स्वास्थ्योपचार योजना, सुत्केरी तथा शिशु स्याहार सुविधा, दुर्घटना क्षतिपूर्ति योजना र काजक्रिया अनुदान रहेको छ। कोषका उपत्यकास्थित पुल्चोक, ठमेल, लगनखेल र सिंहदरबारमा तथा उपत्यका बाहिर विराटनगर, जनकपुर, हेटौँडा, पोखरा, बुटवल, कोहलपुर, सुर्खेत, धनगढी र धनकुटामा कार्यालय रहेका छन्। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ