arrow

तीर्थाटनका लागि आएका दुई बटुक नारायणी नदीमा बेपत्ता 

logo
सोनी शर्मा,
प्रकाशित २०८० असोज ११ बिहिबार
water-kill.jpg

तनहुँ । तीर्थाटनका लागि मुक्तिनाथ पुगेर फर्केका दुई बटुक नारायणी नदीमा बेपत्ता भएका छन्।धनगढीबाट स्वयंसेवकका रूपमा १९० जना वृद्ध वृद्धासँगै मुक्तिनाथ पुगेर फर्केका दुई जना बटुक देवघाटमा पौडी खेल्दा बेपत्ता भएका हुन्।

बेपत्ता हुनेमा भारतको आसाम घर भई धनगढीको लक्ष्मीनारायण पीठमा संस्कृत अध्ययन गर्दै आएका भोज राज अधिकारी र धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मिलन चोक घर भएका १५ वर्षीय बटुक पङ्कज दाहाल रहेका छन्। बिहीबार बिहान ७:३० बजे उनीहरू देवघाट स्थित काली गण्डकी र त्रिसुलीको दोभानमा पौडी खेल्ने क्रममा बेपत्ता भएका हुन्।बेपत्ता दुवै जना बटुक लक्ष्मीनारायण मन्दिरबाट खटिएका स्वयंसेवक हुन्।

नदीमा पौडी खेल्ने क्रममा एक जना भुमरीमा परेर डुबेपछि बचाउन गएका अर्का युवा पनि नदीमा डुबेर बेपत्ता भएको लक्ष्मीनारायण मन्दिरका सचिव हरि न्यौपानेले बताए। वेपत्ता  युवाको तनहुँ र चितवनका प्रहरी परिचालन गरी खोजी कार्यलाई तीव्र पारिएको प्रहरीले जनाएको छ। 

यसैबीच  धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले तीर्थाटनका क्रममा भएको दुःखद घटनाले आफू स्तब्ध भएको भन्दै बेपत्ता बटुकको खोजीका लागि प्रहरी प्रशासन सँग समन्वय गरिरहेको बताए ।

धनगढी उपमहानगरपालिकाले धनगढीको लक्ष्मीनारायण मन्दिरको  संयोजनमा वार्षिक कार्यक्रम अन्तर्गत १९० जना वृद्ध वृद्धालाई आइतबार मुक्तिनाथ पठाएको थियो। मुक्तिनाथबाट फर्केको टोली देवघाट दर्शनका लागि गएको हमालले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ