त्रिभुवन विमानस्थलमा फेरि समातियो अढाई किलो बढी सुन
हाम्रा कुरा
प्रकाशित २०८० असोज १४ आइतबार
1.1k
Shares
काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि अढाई किलो भन्दा बढी सुनसहित महिला समातिएको छ । प्रहरीले दुई किलो सात सय २० ग्राम सुनसहित एक जना फिलिपिन्सकी महिलालाई पक्राउ गरेको छ ।
शुक्रबार राति काठमाडौँ आएकी फिलिपिन्सकी अन्दाजी ३१ वर्षीय अनालङ अरोन्स रोविकनलाई प्रहरीले पक्राउ गरेको हो । उनी फ्लाई दुबईको उडान नम्बर एफजेड ५७५ को जहाजबाट नेपाल आएकी थिइन् ।
विमानस्थल सुरक्षा कार्यालय प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अर्जुन चन्दका अनुसार पक्राउ परेकी महिलाले आफ्नो भित्री वस्त्रमा पाँच पोका प्लास्टिकसहित दुई केजी सात सय २० ग्राम सुन मिसिएको पाउडर लुकाई छिपाइ लैजाँदै गरेको अवस्थामा समातिएको हो ।