arrow

शहरीमन्त्रीले भनिन्- हचुवाको भरमा संसद भवनको ठेक्का अवधि थपिँदैन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १५ सोमबार
sita-gurung-visit.jpg

काठमाडौं । निर्माणाधीन सङ्घीय संसद भवनको ठेक्का अवधि थप गर्न नसकिने शहरी विकास मन्त्री सीता गुरुङले बताएकी छन् । मन्त्री गुरुङले कार्य प्रगति सन्तोषजनक नभएको उल्लेख गर्दै हचुवाको भरमा सरकारले सो भवनको ठेक्का सम्झौता अवधि थप गर्न नसकिने बताएकी हुन् । 

सोमवार सङ्घीय संसद प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समिति नेतृत्वको टोलीसँग सो भवनको अनुगमन गर्न पुगेकी उनले सञ्चारकर्मीमाझ असोज महिनाभित्र सम्पन्न गरिसक्ने सर्तमा पछिल्लो समय पनि आफूले ६ महिना म्याद थप गरिदिएको तर काम सोही अनुसार नभएको भन्दै असन्तुष्टि व्यक्त गरिन् । मन्त्री गुरुङले आफूहरूले हिउँदे अधिवेशन सोही भवनबाटै शुरु गर्ने गरी सम्बन्धित निकायलाई निर्माण कार्य सम्पन्न गर्न पटक पटक ताकेता गरेको पनि बताए ।

 म्याद थप गरेर समस्या समाधान नहुने भएकाले सम्बन्धित पक्षले असोज महिना भित्र सो भवनको निर्माण कार्य सम्पन्न गर्नुपर्ने उनको भनाई थियो । मन्त्री गुरुङले सो भवनको निर्माण कार्य छिट्टै सम्पन्न हुने गरी जनशक्ति बढाउन गरिएको आग्रहलाई पनि निर्माण कम्पनीले पालना नगरेको गुनासो गरिन् ।

यता, निर्माणाधीन संसद भवनको निर्माणको जिम्मेवारी लिएको निर्माण कम्पनी टुन्दी÷सेक जेभीले भने ठेक्का अवधि पुनः ६ महिना थप गर्न सरकारसँग आग्रह गरेको छ । ६ महिना भित्र सबै काम सम्पन्न गर्नका लागि सरकारसँग म्याद थपको प्रस्ताव राखिएको सो निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर प्रमिन्द्रकृष्ण श्रेष्ठले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ