arrow

क्वाटरफाइनलबाटै बाहिरियो नेपाल, भारत सेमिफाइनलमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १६ मंगलबार
nepali-cricket-teams-lead1.jpg

काठमाडौं । क्वाटरफाइनलमा नेपाल भारतसँग पराजित भएसँगै एसियाली क्रिकेटअन्तर्गतको खेलबाट बाहिरिएको छ । 

आज सम्पन्न टी-२० क्रिकेट प्रतियोगिताको क्वाटरफाइनलमा नेपाल भारतसँग २३ रनले हारसँगै नेपाल प्रतियोगिताबाट बाहिर भएको हो । 

प्रतियोगिता जितेको भारत भने सेमिफाइनलमा प्रवेश गरेको छ । दाबेदार टोलीका रूपमा हेरिएको भारतले सिधै क्वाटरफाइनलमा स्थान बनाएको थियो

भारतले प्रस्तुत गरेको दुई सय तीन रनको विशाल लक्ष्य पछ्याएको नेपालले नौ विकेटको क्षतिमा एक सय ७९ रन मात्र बनाउन सक्यो । 

यद्यपि भारतविरुद्ध नेपालको खेल प्रदर्शन निकै प्रशंसायोग्य थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ