arrow

बालुवाटारमा प्रचण्डसँग एमसीसी अधिकृतको भेट

नेपाल-अमेरिका सहकार्यका विविध विषयमा विचार विमर्श 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १६ मंगलबार
prachnda-mcc-alis.JPG

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अमेरिकी सहयोग परियोजना एमसीसीका प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटले आज शिष्टाचार भेट गरेका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटमा उनीहरुबीच नेपाल-अमेरिका सहकार्यका विविध विषयमा विचार विमर्श भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ । 

सो क्रममा नेपालमा कार्यान्वयन चरणमा रहेका एमसीसी परियोजनाका सम्बन्धमा समेत कुराकानी भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ