arrow

अर्थमन्त्री महत र एमसीसीकी सीईओ अलब्राइटबीच भेटघाट

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १६ मंगलबार
prakashsharan-mahat-mcc-alice-albright.jpg

काठमाडौँ ।  अर्थमन्त्री डा. प्रकाशशरण महत र मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटको नेतृत्वमा आएको प्रतिनिधिमण्डलबीच शिष्टाचार भेटघाट भएको छ । 

भेटघाटका अवसरमा अर्थमन्त्री महतले एमसीसी अन्तर्गतका आयोजनाको सफलता अनिवार्य रहेको र निर्धारित समयसीमा, बजेट सीमा र स्कोप अनुरुप कार्यान्वयन हुन सकेमा मात्र विगतका सन्देहहरुको अन्त्य हुने र नेपालमा आयोजना व्यवस्थापनको सफल उदाहरण प्रस्तुत हुन सक्ने विचार व्यक्त गरे । कार्यान्वयनमा देखिएका समस्यालाई तत्काल समाधान गरी अगाडि बढ्न एमसीए नेपाललाई निर्देशनसमेत दिए । 

त्यसैगरी  प्रमुख कार्याकारी अधिकृत एलिस अल्ब्राइटले नेपालमा एमसीसी आयोजनाको कार्यान्वयन प्रारम्भ भएको अवसरलाई स्मरणीय बनाउन र कार्यान्वयनमा देखिएका समस्याको नजिकबाट जानकारी लिन नेपाल आएको र यसलाई सफल बनाउन एमसीसी कटिबद्ध रहेको बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ