एसियाली खेलकुदको महिला भलिबलमा नेपाल भारतसँग पराजित
हाम्रा कुरा
प्रकाशित २०८० असोज १७ बुधबार
5k
Shares
काठमाडौँ । चीनमा जारी एसियाली खेलकुदको महिला भलिबलको क्लासिफिकेसन म्याचमा नेपाल भारतसँग पराजित भएको छ ।
हाङझाव नर्मल युनिभर्सिटी कानक्विन जिम्न्याजियामा भारतले नेपाललाई २५–३३, २६–२८, २५–२३ र २५–१७ को सेटमा पराजित गरेको हो ।
नेपाल प्रतियोगिताबाट बाहिरिए पनि शीर्ष आठ बाहेकका बाँकी स्थान छुट्याउनको लागि पनि खेल हुने भएको हुँदा नेपाली महिला टोलीले अरु खेल खेल्ने मौका पाएको हो ।
समूह चरणको खेलमा नेपाल भियतनाम र दक्षिण कोरियासँग समान ३–० को सोझो सेटमा पछि परेको थियो ।
भारतसँग पराजित भएपछि नेपालले ९ देखि १२ औँ स्थानको क्लासिफिकेसनका लागि अझै दुई खेल खेल्न पाउनेछ । नेपालले अर्को खेल हङकङसँग खेल्नेछ ।
हङकङलाई पराजित गरेमा नेपालले नवौँ स्थानको लागि अर्को खेल खेल्ने छ । नेपाल पराजित भएमा ११ औँ स्थानका लागि अन्तिम खेल खेल्ने छ ।
बिन्जियाङ जिम्न्याजियममा चीनकी विन्जियो हेले नेपालकी रशिला महर्जनलाई २१–० र २१–४ को सोझो सेटमा पराजित गरिन् ।
रशिलाले मंगलबार मंगोलियाकी म्यागमार्टसिन गान्बटारलाई २१–४ र २१–७ को सोझो सेटमा हराउँदै प्रिक्वार्टरफाइनलमा स्थान सुरक्षित गरेकी थिइन् ।
मिक्स डबल्स र पुरुष डबल्समा पनि नेपाली खेलाडी पराजित भएका छन् । मिक्स डबल्समा चीनका सिवेइजेङ र याचिङ हुवाङको जोडीले नेपालका विष्णु कटुवाल र नङशल तामाङको जोडीलाई २१–४ र २१–७ को सोझो सेटमा हराए ।
पुरुष डबल्समा सिंगापुरका जि जु नेको जोडीले नेपालका जीवन आचार्य र विष्णु कटुवालको जोडीमाथि २१–१ र २१–४ को जित दर्ता गरे ।