arrow

एमालेका तीन सय कार्यकर्ता भित्रिए कांग्रेसमा, शेखरले गरे स्वागत 

सरकारसँग सच्चिने र फर्किने विकल्प मात्र छ: नेता कोइराला

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १८ बिहिबार
congress-prabesh-kapilbastu.jpg

कपिलवस्तु । नेकपा एमाले परित्याग गरि तीन सय कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । बुधबार कपिलवस्तुमा आयोजित एक समारोहमा उनीहरू कांग्रेस प्रवेश गरेका हुन् । 

कांग्रेस कपिलवस्तुले सदरमुकाम तौलिहवामा राखेको प्रथम जिल्ला सम्मेलनमा तीन सय जनालाई कांग्रेस नेता शेखर कोइराला र जिल्ला सभापति अब्दुल कलामले प्रवेश गराएका छन्।

सो अवसरमा केन्द्रीय सदस्य गोविन्द पोखरेल,प्रदेश सभापति अमर पुन ,महिला तथा बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्र राज आचार्य ,प्रतिनिधि सभा सदस्य सुनिल शर्मा लगायतको सहभागिता थियो । 

कार्यक्रममा कांग्रेस नेता कोइरालाले वर्तमान गठबन्धनको सरकार सच्चिन या फर्किन पर्ने बताएका छन्। अहिले कै अवस्थामा जस्तै नेपाललाई राख्ने हो भने मुलुक झन् जरजर अवस्थामा पुग्ने भएकाले सरकारसंग अब कि सच्चिने र कि फर्कने विकल्प मात्र रहेको उनले बताए। उनले अहिले देशमा स्वतन्त्रता, सार्वभौमसत्ता, आर्थिक राजनीति, कूटनीतिक अवस्था जरजर अवस्थामा पुगेको उनले बताए। ‘यो सरकारसंग अब सच्चिने या छाडने विकल्प मात्र छ’ उनले भने। 

उनले अहिले मुलुक अत्यन्तै अप्ठेरो स्थितिमा रहेको बताए। उनले मुलुक अराजकता तर्फ गइरहेको भन्दै चिन्ता व्यक्त गरे। आर्थिक अवस्था कमजोर हुँदै गएको महँगी बढेको रोजकारीको अवसर नभएको बताए। 

‘ भ्रष्ट्राचार र दण्डहीनता बढेको बढ्यै छ’ उनले भने ‘के हामीले सुशासन दिन सक्दैनौ, दण्डहीनता अन्त्य गर्न सक्दैनौ, के हामी कमजोर भएका हौ।’ 

उनले कांग्रेसको नेतृत्वको सरकार जरुरी रहेको बताए। ‘कांग्रेस कसैको इसारामा होइन, आफ्नै खुट्टामा उभिएर हिँड्न सक्ने आट गर्नु पर्छ’ उनले भने। कांग्रेसको नेतृत्व अपरिहार्य रहेको बताए। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ