arrow

चार विशेष छुटसहित भायानेटले ल्यायो निकै सस्तोमा १२५ एमबीपीएस इन्टरनेट सेवा

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १८ बिहिबार
vianet-2080-06-18.jpg

काठमाडौँ । नेपालको पहिलो फाइबर इन्टरनेट, आइपीटीभी र मल्टिगिग इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले १२५ एमबीपीएसको इन्टरनेट सेवा वार्षिक ८ हजार ४०० रुपैयाँको सुपथ मूल्यमा सार्वजनिक गरेको घोषणा गरेको छ। 

यसका साथै दशैँ र तिहारको पावन अवसरमा भायानेटले आफ्ना ग्राहकहरूलाई अल्टिमा वायरलेस इयरबड्स र हिमस्टारका होम एप्लायन्समा ५० प्रतिशतसम्मको छुट पनि उपलब्ध गराउने भएको छ ।

भायानेटको “चाडमा चौका” चाडपर्व अभियानमा ग्राहकहरूले अब प्रतिवर्ष भ्याट बाहेकको रु ८ हजार ४०० मा १२५ एमबीपीएस इन्टरनेटको मज्जा लिन सक्ने भायानेटले जनाएको छ । 

बजारमा उपलब्ध यो स्पिडको इन्टरनेटका लागि प्रस्ताव गरिएको सबैभन्दा कम मूल्य हो । यसका साथै भायानेटले यस अभियान अवधिभर २०० एमबीपीएस र ३०० एमबीपीएस प्याकेजका लागि पनि छुट ल्याएको जनाएको छ ।

यस अफरलाई अझ गतिशील बनाउन भायानेटले आफ्ना ग्राहकहरूलाई विशेष छुट उपलब्ध गराउन लोकप्रिय ब्रान्ड अल्टिमा र हिमस्टारसँग साझेदारी गरेको छ । 

वार्षिक इन्टरनेट योजनाहरू छनोट गर्ने भायानेट ग्राहकहरू चार लोकप्रिय इलेक्ट्रोनिक उत्पादनहरूको खरिदमा ५० प्रतिशतसम्म छुटका लागि योग्य हुने पनि जनाएको छ । 

छुट प्राप्त हुने चार वस्तुहरूमा अल्टिमा वायरलेस इयरबड्स, हिमस्टारको स्मार्ट टीभी, रेफ्रिजरेटर र वासिंग मेसिन रहने प्रेस विज्ञप्ति जारी गरी भायानेटले जनाएको छ । 

भायानेटका अनुसार यस सीमित अवधिको अफरमा अल्टिमा वायरलेस इयरबड्सस् भ्याटसहितको मूल्य रू। १२२५ सम्ममा, हिमस्टार ४३ इन्च स्मार्ट टीभीस् भ्याटसहितको मूल्य रु २७,५०० सम्ममा, हिमस्टार ५५ इन्च स्मार्ट टीभीस् भ्याटसहितको मूल्य रू। ५४,००० सम्ममा, हिमस्टार रेफ्रिजरेटरस् भ्याटसहितको मूल्य रू। १७,५१० सम्ममा र हिमस्टार वाशिङ मेसिनस् भ्याटसहितको मूल्य रू। ४१,२०० सम्ममा उपलब्ध छ ।

मङ्सिर ९ गतेसम्म मान्य रहने यो अफरले ग्राहकहरूलाई उच्च गतिको इन्टरनेट र भायानेटबाट प्राप्त हुने विशेष छुटको आनन्द लिँदै आफ्नो स्मार्ट घरको स्तरवृद्धि गर्ने उत्कृष्ट अवसर प्रदान गर्ने दाबीसमेत भायानेटले गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ