arrow

एसियाडमा कराते शुरु, पहिलो दिन तीन नेपाली खेलाडी बाहिरिए

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १८ बिहिबार
shekhu mahammed alam, nepal, karate 2.JPG

काठमाडौँ । चीनमा जारी एसियाली खेलकुद एसियाड अन्तर्गत करातेको पहिलो दिन बिहीबार नेपालका तीन खेलाडीले प्रतिस्पर्धा गरे । 

तीनै खेलाडी पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएका छन् । लिन्पिङ स्पोर्ट्स सेन्टर जिम्न्याजिममा भएको पुरुष ७५ केजी मुनि नेपालका शेखु मोहम्मद आलम काजकिस्तानका खेलाडीसँग पराजित भए । काजकिस्तानका नुरकान्त अझिकानोभले शेखुलाई ५–० ले पराजित गरे । 

रिपेचेजको पहिलो बाउटमा बाइ पाएका शेखु रिपेचेजकै अर्को बाउटमा भने किर्गिस्तानका नजिम नुर्लानोभसँग २–० ले चुके ।

एकल काताको पुरुषमा स्वर्णनिम मानन्धर तथा महिलामा एलिसा मागर रास्कोटी पनि अगाडि बढ्न सकेनन् । स्वर्णिमले ३८.३० तथा एलिसाले ३७.३० अंक जोडे ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ