arrow

ब्याजको लोभ गर्दा सहकारी संस्थाहरू धराशायी : मन्त्री जिसी

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २२ सोमबार
karmachari sahakari.jpg

पोखरा । गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीले उद्देश्य अनुरुप सञ्चालक समितिले सहकारी नहाँक्दा लाखौं उपभोक्ता ठगिएको बताएका छन्् । 

मन्त्री जिसीले ब्याजको लोभ गर्दा सहकारी संस्थाहरु धारासायी बनेको बताए । 

सुख र दुःखमा साथ दिनु पर्ने सहकारीले रातारात धनी हुने र धान्नै नसक्ने करोडौंको कारोबार गर्दा सहकारीबाट देशभर आम मानिसहरु पीडित बनेको बताए । 

पोखरास्थित कर्मचारी बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारणसभामा मन्त्री जिसीले खुल्ला बैठक र प्रजातन्त्रका आस्था राख्ने कर्मचारीमात्र सेयर सदस्य भएको सहकारी नमूना बन्नु पर्नेमा जोड दिए । 

सदस्य वृद्धि गरेर, पारदर्शी र जिम्मेवार बनेर, इमान्दारिताको पाठ सबैलाई सिकाएर कर्मचारी सहकारी सक्षम हुनेमा आफू विश्वस्त भएको उनले बताए । 

सहकारीले सबैलाई पाठ सिकाउने र नीति, व्यवहार यस्तो हुनुपर्ने भन्दै नमुना सहकारी बनाउन मन्त्री जिसीले सुझाव दिए । 

सहकारीका अध्यक्ष महेशकुमार सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा कृषि तथा भूमि व्यवस्था मन्त्रालयका सचिव सहदेव प्रसाद हुमागाँईले राम्रो गर्ने सहकारी मन्त्रालयको लिस्टमा परेको बताउँदै ऐन, नियम र विनियमलाई पूर्ण कार्यान्वयन गरे गण्डकी प्रदेशमा समस्या नआउने उल्लेख गरे । 

कार्यक्रममा कृषि विकास निर्देशनालयका महानिर्देशक वासुदेव रेग्मी, नेपाली कांग्रेस गण्डकी प्रदेश कर्मचारी प्रशासन विभागका सचिव सुरेन्द्रप्रसाद अधिकारी, नेपाल निजामति कर्मचारी युनियन केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेश संयोजक दिपक रेग्मी, संघका केन्द्रीय सदस्य बद्री पौडेल, सहकारीका सचिव एवं नेपाल निजामति कर्मचारी युनियन कास्कीका अध्यक्ष सुरेशकुमार श्रेष्ठले कर्मचारी सहकारी हरेक कोणबाट उत्तम रहेको बताएका थिए । 

कार्यक्रममा सहकारीका सल्लाहकार संयोजक रामजीप्रसाद कोइराला, सहकारीका उपाध्यक्ष बद्री पौडेल, सहकारीका सञ्चालक सदस्य तथा कार्यक्रम सञ्चालक केदार सापकोटा, लेखा सुपरीवेक्षण समितिका संयोजक हेरम्ब शर्मा पौडेल लगायतले सहकारीको नीति, योजना तथा भावी कार्यक्रम बारे चर्चा गरेका थिए । 

सहकारीमा ६९४ जना सेयर सदस्य छन् ।

सहकारीमा २ करोड ५६ लाख ५० हजार सेयर पुँजी, ५ करोड ६१ लख ५१ हजार बचत, ७ करोड, ४७ लाख ७० हजार ऋण लगानी रहेको सहकारीले जनाएको छ । 

नेपाल निजामति कर्मचारी युनियन तथा सार्वजनिक सेवा कर्मचारी संघसंग आवद्ध कर्मचारीहरु सेयर सदस्य रहेको सहकारीले सामाजिक उत्तरदायित्वको विभिन्न कार्य गर्दै आएको छ । 

कर्मचारी बचत तथा ऋण सहकारीले विभिन्न विधामा पुरस्कार प्रदान गरेको छ ।

सहकारीमा कार्यरत उत्कृष्ट कर्मचारीमध्ये साधना ढुंगाना पुरस्कृत भएकी थिइन् । 

सहकारीले जेष्ठ नागरिक तर्फ शंकरप्रसाद कोइराला, सदस्य अभियान्तामा केदार धमला र अन्जना पोखरेल, सेयर सदस्य तर्फ टिकाराम बराल, शारदा सिग्देल, रचना गुरुङ, राजेन्द्रप्रसाद पौडेललाई मायाको चिनो र प्रमाणपत्रले सम्मान गरिएको सहकारीका कार्यालय प्रमुख निरोज मल्लले जानकारी दिए । 

वार्षिकोत्सवको अवसरमा उत्कृष्ट कारोबार गर्ने शिव परियार र सुस्मिता कार्कीलाई, बचत कर्ताको तर्फबाट विष्णु गुरुङ र होमनाथ भण्डारीलाई सम्मान गरिएको सहकारीका बजाार व्यवस्थापक शारदा गिरीले जानकारी दिइन् । 

यस्तै, बाल बचतमा वत्सल पौडेलले पुरस्कार प्राप्त गरेका थिए भने शैक्षिक पुरस्कारमा संकल्प सिग्देल, अधिश ढकाल, मनाकामना गौतम,चन्द्रकाला बस्नेत, आशा कोइराला, आशिष सिग्देल, इजिता जोशी पुरस्कृत भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ