arrow

आलु बोकेर ग्रेगाउँतर्फ गइरहेको ट्रक सडकबाट खस्दा तीन जनाको घटनास्थलमै मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २३ मंगलबार
Rasuwa-hamrakura.jpg.jpeg

रसुवा। आमाछोदिङ्मो गाउँपालिकाअन्तर्गत-२ नेशिङ खोलामा सोमबार साँझ मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीका अनुसार दुर्घटनामा आमाछोदिङ्मो-२ का ३२ वर्षीय अक्कलबहादुर तामाङ, ३० वर्षीय फुर्पु छेवाङ तामाङ र ३९ वर्षीया पेम्वाडोल्मा तामाङको मृत्यु भएको हो । 

नेशिङ्बाट आलु बोकेर ग्रेगाउँतर्फ गइरहेको ट्रक सडकबाट करिब दुई सय मिटर तल खसेको थियो । घाइतेहरुलाई उपचारार्थ जिल्ला अस्पताल पु¥याउन एम्बुलेन्स दुर्घटनास्थलतर्फ पठाइएको प्रहरी प्रमुख बुढाथोकीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ