arrow

दुर्गा प्रसाईँलाई महेश बस्नेतको खुलेआम धम्की

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २३ मंगलबार
mahesh-basnet-new.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई एमालेकै कार्यकर्ताले कालोमोसो दलेको स्पष्ट भएको छ । एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले प्रसाईंलाई युवा संघको तागत ननाप्न चेतावनी दिएसँगै उनकै कार्यकर्ताले प्रसाईँमाथि दुर्व्यवहार गरेको स्पष्ट भएको हो ।  

सोमबार दिउँसो युवा संघका कार्यकर्ताले प्रसाईंलाई अभद्र व्यवहार गर्दै कालोमोसो दलेका थिए। त्यसपछि प्रसाईंले आफू कानूनी प्रक्रियामा नजाने तर पैँचो तिर्ने बताएका थिए । 

प्रसाईंको भनाइपछि उल्टै आक्रोशित बनेका बस्नेतले कालोमोसो दलिएकोलाई ठीक ठहर्‍याउँदै युवा संघको तागत ननाप्न चेतावनी दिएका हुन् ।

सोमबार काठमाडौँको जमलस्थित एक होटलमा पत्रकार सम्मेलन समापन गरेर निस्किने क्रममा प्रसाईंमाथि कालोमोसो दलिएको थियो।

त्यसपछि प्रसाईंले एमाले अध्यक्ष केपी शर्मा ओली र महेश बस्नेतको नाम लिएर पैँचो तिर्ने चेतावनी दिएका थिए । 

त्यसपछि बस्नेतले सामाजिक सञ्जालमार्फत चेतावनी दिएका हुन् । 

उनले लेखेका छन्, ‘बैंक तथा वित्तीय संस्थालाई चुनौती दिने, विभिन्न समुदायलाई देश निकाल्छु, कालोमोसो दल्छु भन्ने आपराधिक कर्म गर्ने दुर्गा प्रसाईंलाई युवाहरुले आज तह लाएछन् । अब सुध्रिउ, अरुलाई दोष नलगाऊ । यस्तालाई सरकारले कारबाही गरोस्। जनप्रतिरोध हुनु राम्रो होइन। युवा संघको तागत ननाप प्रसाईं ’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ